काठमाण्डौ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे सात वर्ष कैद गर्न माग गरिएको छ ।योभन्दा अगाडि पनि मुद्दा चलेको हुनाले कानुनी व्यवस्थाभन्दा डेढी सजाय हुने व्यवस्थाअनुसार मुद्दा दर्ता भएको हो । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा पैसा जम्मा गरेको भन्दै अफवाह फैलाएका थिए । उनको थुनछेक बहस आज हुनेछ ।
प्रसाईंविरुद्ध सङ्गठित अपराधमा पनि अनुसन्धान भइरहेको छ । व्यवसायीलाई धम्क्याएर रकम असुल्न खोजेको आरोपमा उनीसहितका व्यक्तिविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराधमा सीआईबीले अनुसन्धान गरिरहेको हो ।