२०८१ मंसिर २६, बुधवार , ०३:१२:०१ बजे

Sajhamanch
'

सिटिजेन लाइफ इन्स्योरेन्स बिर्तामोड शाखा नयाँ भवनमा

बुधवार, मंसिर २६, २०८१

बिर्तामोड । समृद्धि तपाइँको साथ हाम्रो मूल नारा बनाएर सञ्चालित सिटिजेन लाइफ इन्स्योरेन्स बिर्तामोड शाखाको स्थानान्तरित कार्यालय आज विशेष कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ।

नयाँ भवनको मूलद्वारमा टाँगिएको रिबन काटेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले शाखा कार्यालयको उद्घाटन गरेका हुन्।

बिर्तामोड शाखाका प्रमुख जमुना कटवालले कम्पनीका उपल्लो तहका अधिकृत कर्मचारीहरू तथा अतिथिहरूलाई शाब्दिक स्वागत गरेकी थिइन् भने बीमा अभिकर्ताहरूले नृत्यमार्फत स्वागत गरेका थिए।

कम्पनीका रिजनल म्यानेजर उत्तम कोइरालाले सञ्चालन गरेको सो शाखा कार्यालय उद्घाटन कार्यक्रममा १०० जना हाराहारीलाई अभिकर्ता सम्मान प्रदान गरिएको छ।

सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेल, प्रमुख बजार व्यवस्थापक भूषण रिमाल, पूर्वक्षेत्र हेर्ने प्रमुख व्यवसाय अधिकृत बिमलकुमार पाण्डे, तालिम विभाग प्रमुख कुबेर पाठक, उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशका सदस्य प्रकाश शिवाकोटी, पत्रकार गोपाल काफ्ले लगायतले आ–आफ्ना धारणा राखेका थिए।

शाखा कार्यालय उद्घाटन पछि कम्पनीको आन्तरिक प्रशिक्षण तथा विभिन्न सांस्कृतिक कार्यक्रमसहित उत्सवका रूपमा मनाइएको रिजनल म्यानेजर कोइरालाले जानकारी दिए।

भिडियो पनि हेर्नुहोस् :

https://fb.watch/wp2_Ld7fMA/

 

सम्बन्धित खबर