२०८१ मंसिर २६, बुधवार , ०२:१६:५९ बजे

Sajhamanch
'

एनपीएलमा पोखरा १०३ रनमा अलआउट, कर्णालीका बोसिस्टोले लिए ६ विकेट

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई एक सय चार रनको लक्ष्य दिएको छ ।

त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६ ओभर तीन बलमा १०३ रनमा अलआउट भयो ।

पोखराका दिनेश खरेलले सबैभन्दा धेरै २६ रन बनाए । कर्णालीका विलियम बोसिस्टोले छ विकेट लिए । यस्तै कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान एक विकेट लिए ।

मङ्गलवार, मंसिर २५, २०८१ | खेलकुद, समाज

सम्बन्धित खबर