२०८१ पौष १, सोमवार , ०१:०४:०१ बजे

Sajhamanch
'

दूधेमा मिनी मेलासहितको चासोक तङ्नाम पर्व सुरु

मङ्गलवार, मंसिर २५, २०८१

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको दूधे रंगशालामा मिनी मेलासहितको चासोक तङ्नाम पर्वको सोमबार उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले संयुक्तरुपमा मेलाको उद्घाटन गरेका हुन ।

चासोक तङ्नाम यही मंसीर ३० गतेसम्म चल्ने आयोजक किरात याक्थुङ चुम्लुङले जनाएको छ ।

कार्यक्रमका अधिकांश वक्ताहरुले चासोक तङ्नाम पर्व एउटा मात्र जातिहरुको नभई सबै जात जातिहरुको साझा पर्व भएको बताए । सो पर्व ७ दिनसम्म मनाइने र साथमा मिनी मेलाको पनि आयोजना गरिएकाले भरपुर मनोरन्जनका साथ पर्व मनाउन सबै वक्ताहरुले आह्वान गरेका थिए ।

मिनी मेलामा विभिन्न खेल तामासा, रोटेपिङ, बालबालिकाहरुका लागि खेल सामग्री, हाउजीसहित रहेको मेला समिति संयोजक अग्नि राईले जानकारी दिए ।

आयोजकले मेलाको अन्तिम दिन ३० गते चासोक तङ्नामको भव्य कार्यक्रम हुने जनाएको छ । चासोक तङ्नाम कार्यक्रममा आउँदा लिम्बू जातिको पोशाक लगाउने मध्येबाट उत्कृष्ट जोडीलाई सम्मानसमेत गरिने आयोजक चुम्लुङका अध्यक्ष विरबल जवेगुले जानकारी दिए ।

मेलामा विभिन्न जातिय भेषभुषा, जातिय खानाको परिकार, लिम्बू जातिको संस्कृति जोडिएका सामग्रीहरुको प्रदर्शन तथा बिक्री सुरु गरिएको छ ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख थोप्रा, उपप्रमुख कार्की, वडाध्यक्ष बहादुर आङ्गबो, लेखा अधिकृत प्रकाश योङहाङ, ध्रवतारा आवासयि माध्यमिक विद्यालयका प्रिीन्सपल डम्बर खड्का, दिपराज गिरी, सन्तोष मेन्याङ्बो लगायतले आफ्ना धारणा व्यक्त गरेका थिए ।

किरात याक्थुङ चुम्लुङ शिवसताक्षीका अध्यक्ष विरबल जवेगुको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत भिम लिवाङ र सञ्चालन सूर्यप्रकाश योङयाले गरेका थिए ।

सम्बन्धित खबर