२०८१ मंसिर २७, बिहिवार , ०१:४२:२७ बजे

Sajhamanch
'

एनपीएलमा आज दुई खेल : जित्नैपर्ने दबाबमा लुम्बिनी

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार दुई खेल हुँदैछ। पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान सवा ९ बजे शुरु हुनेछ। भने दोस्रो खेल दिउँसो सवा १ बजे शुरु हुनेछ।

चितवन राइनोज अंक तालिकाको तेस्रो स्थानमा छ। हालसम्म चार खेल खखेल्दा तीनमा जित र एउटामा हार बेहोरेको चितवनको ६ अंक छ। चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो। तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो।

चारवटै हेलमा हार बेहोर्दै लुम्बिनी लायन्स अंक तालिकाको पुछारमा छ। लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो।कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अंक जोडेको छ। कर्णाली चौथो स्थानमा छ। कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो। कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई ७ रनले हराएको थियो।

यसैगरी पोखरा एभेन्जर्स दुई अंकसहित पाँचौँ स्थानमा छ। उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ। पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो। तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो।यही मङ्सिर १५ गतेदेखि शुरु भएको एनपीएलमा आफ्ना सबै खेलमा विजयी हुँदै जनकपुर बोल्ट्स अंक तालिकामा शीर्ष स्थानमा छ।

सम्बन्धित खबर