२०८१ पौष ८, सोमवार , ०४:०८:४९ बजे

Sajhamanch
'

दमकमा प्रधानमन्त्रीलाई कालो झन्डा देखाएको आरोपमा ७ जना प्रहरीको नियन्त्रणमा

आइतवार, मंसिर २३, २०८१

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ।

आइतबार प्रधानमन्त्री ओली भ्युटावर लगायत विभिन्न स्थानमा उद्घाटन गर्न झापा पुगेका हुन्। गृह जिल्ला पुग्दा प्रदेश नम्बर १ पुनस् नामांकन संयुक्त संघर्ष समितिले कालो झन्डा देखाएको हो।

त्यसक्रममा प्रहरीले केदार धिमाल, मातृका धिमाल, एलबी पालुङ्वा, सोम चेम्जोङ, तिर्थ खड्का, एलबी पालुङ्वा र विवेक सुनुवारलाई नियन्त्रणमा लिएको हो।

यस्तै यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शम्भु सुस्केरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी २०७९ सालमा रास्वपाबाट चुनाव लडेका थिए।

यसैगरी झापामा बाक्लो उपस्थितिमा प्रहरी परिचालन गरेको छ। दमकको गणतन्त्र चोक अस्तब्यस्त छ।

आइतवार, मंसिर २३, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर