२०८१ पौष ५, शुक्रवार , ०६:०६:३३ बजे

Sajhamanch
'

केर्खामा ९औं चासोक तङ्नाम सम्पन्न, ६ जना प्रतियोगी सम्मानित

आइतवार, मंसिर २३, २०८१

कमल । झापाको कमल गाउँपालिका ३ केर्खामा ९औं चासोक तङ्नाम सम्पन्न गरिएको छ ।

याक्थुम लिम्बू समुदायहरुको मौलिक उद्यौली पर्व येले तङवे ५०८४ चासोक तङ्नाम (न्वागी पूजा) भव्यताका साथ सम्पन्न भएको हो ।

याक्थुम युवा मञ्च कमलको आयोजनामा भएको कार्यक्रममा विभिन्न संस्कार संस्कृतिको प्रदर्शन गर्नुका साथै याक्थुम स्टार सिजन २ का उत्कृष्ट पाँच जना प्रतियोगीका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारद्वारा सांगितिक प्रस्तुति गरिएको थियो ।

सम्मानित हुने याक्थुम स्टार सिजन २ का उत्कृष्ट ६ जना प्रतियोगी कलाकारहरुमा रविन लिम्बू, संजिव लिम्बू, साहिल लिम्बु, प्रतिमा लिम्बू, रविना लिम्बू र कर्मिला लिम्बू रहेका छन् ।

याक्थुम युवा मञ्च कमलका अध्यक्ष आशिष लेक्षर्वो लिम्बूको अध्यक्षातामा भएको कार्यक्रममा याक्थुम मुन्धुमको इतिहास र संस्कृतिका अध्येता डिबी आङ्बुङ्ग, याक्थुम युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इदिङ्गो, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने लगायतले कमल गाउँपालिका १ नम्बर वडा अध्यक्ष केदार कटुवाल लगायतले चासोक तङ्नामको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रका संयोजक प्रेम मेन्याङ्वोको संयोजकत्वमा भएको कार्यक्रममा याक्थुम युवा मञ्च कमलका उपाध्यक्ष मिकी लिम्बूले शाब्दिक स्वागत गरेका कार्यक्रमको सञ्चालन हिमाल लिम्बू र दिलु शेर्माले सञ्चालन गर्नु भएको थियो ।

सम्बन्धित खबर