![](https://sajhamanch.com/wp-content/uploads/2024/12/karnali.jpg)
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आज भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले जितका लागि १५० रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो ।
कर्णालीका लागि शिखर धवनले आक्रामक ब्याटिङ गर्दै ७२ रनको अर्धशतकीय इनिङ खेले ।