![](https://sajhamanch.com/wp-content/uploads/2024/12/sudurpachhim-e1733202326426.jpg)
काठमाडौं । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ । यो लक्ष्य जारी एनपीएलको उच्च हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५७, ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाए ।
विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एक/एक विकेट लिए ।