२०८१ मंसिर १७, सोमवार , १०:१६:४० बजे

Sajhamanch
'

झापाको मेचीनगरबाट २ लाख १८ हजारको अवैध सामान बरामद

सोमवार, मंसिर १७, २०८१

झापा । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले २ लाख १८ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ पिंङकीठ्याक हुँदै नेपालबाट भारततर्फ भन्सार छली लैजाँदै गरेको ४ काटुन लाइटर (४० हजार रुपैयाँ), ७ बोरा सुपारी (२१० केजी, १ लाख ६८ हजार) र सोही स्थानको मेचीडाँडा हुँदै भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको लसुन २५ केजी (१० हजार रुपैयाँ) गरी करिब २ लाख १८ हजार बराबरको अवैध सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर