२०८१ मंसिर १७, सोमवार , ०८:३१:०७ बजे

Sajhamanch
'

कलवलगुरी कृषि सहकारी संस्थाको साधारण सभामा सम्मान तथा पुरस्कार वितरण

आइतवार, मंसिर १६, २०८१

भद्रपुर । कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर १० को प्रथम साधारण सभा शनिबार सम्पन्न गरिएको छ ।

शान्ति कृषक, सिर्जनात्मक कृषि र कलवलगुरी कृषि गरी तीनवटा सहकारी संस्थाको एकीकरण पछि पहिलो साधारण सभा गरिएको हो ।

सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद चौंलागाईंको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको थियो ।

साधारणसभाको उद्घाटन सत्रमा उत्कृष्ट कारोबारी सदस्यहरुलाई सम्मान गरिएको थियो भने बन्दसत्रमा प्रतिवेदनहरु माथि छलफल गरी पारित गर्दै सञ्चालक समितिमा रिक्त पदपूर्तिसमेत गरिएको हो ।

यो वर्ष संस्थाले उत्कृष्ट कृषक प्रोत्साहन सम्मान सीतादेवी मगरलाई प्रदान गरेको छ भने उत्कृष्ट बचतकर्ता सम्मान इन्दिरादेवी पौडेल तथा असल ऋण कारोबारी सदस्य सम्मान पहलमान जोगीलाई प्रदान गरियो । यसैगरी, उत्कृष्ट सन्तती सम्मानबाट रञ्जन दुलाल र सृष्टि राजवंशीलाई नगद १ हजार ५०५ रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

संस्थाका सचिव निर्माण नेपालले सञ्चालन गरेको साधारण सभामा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई उपाध्यक्ष भुमादेवी घिमिरेले शाब्दिक स्वागत गरेकी थिइन् ।

सञ्चालक समितिमा रिक्त रहेको कोषाध्यक्ष पदमा मीनबहादुर कार्कीलाई चयन गरिएको सो साधारण सभामा राष्ट्रसेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी, प्रकाश एकता कृषि सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर