२०८१ मंसिर १६, आइतवार , ०९:३९:१८ बजे

Sajhamanch
'

चीनबाट फर्किएलगत्तै राष्ट्रियसभा उपाध्यक्ष घिमिरे क्वालालम्पुर प्रस्थान

आइतवार, मंसिर १६, २०८१

काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मलेसियाको क्वालालम्पुर प्रस्थान गरेकी छन् ।हालै १० दिनको चीन भ्रमण गरेर फर्किएकी उपाध्यक्ष घिमिरे गएराति क्वालालम्पुर गएकी हुन् ।संसदीय अध्ययन तथा अवलोकन भ्रमणका लागि १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै घिमिरेसहितको टोली क्वालालम्पुर प्रस्थान गरेको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिमण्डलमा मधेश, बागमती र कोशी प्रदेशका सभामुख क्रमशः रामचन्द्र मण्डल, भुवनकुमार पाठक र अम्बरबहादुर विष्ट छन् ।त्यस्तै लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाण केसी, गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापा, सुदूरपश्चिम प्रदेशका उपसभामुख कोइलीदेवी चौधरी र कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने पनि अध्ययन भ्रमण टोलीमा सहभागी छन् ।नेपाली प्रतिनिधिमण्डलले मलेसियाका सभामुख र उपसभामुखका साथै सेलागोर प्रान्तीय संसद्का सभामुख र उपसभामुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।उपाध्यक्ष घिमिरे नेतृत्वको टोली यही मंसिर २१ गते स्वदेश फर्कने छ ।

सम्बन्धित खबर