![](https://sajhamanch.com/wp-content/uploads/2024/11/election-3.jpg)
काठमाडौं । भोलि उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा हुने भएको छ । सम्बन्धित पालिका र वडाहरुले सूचना निकालेर बिदाबारे जानकारी दिएका छन् ।
पालिका र वडाभित्र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अरु प्रतिष्ठानमा पनि बिदा दिन भनिएको छ । यसअघि निर्वाचन आयोगले पालिकाको उपचुनावका लागि सम्बन्धित पालिकाहरुमा सार्वजनिक बिदा दिन आग्रह गरेको थियो ।