२०८१ मंसिर १५, शनिवार , ०३:४७:०० बजे

Sajhamanch
'

भवन निर्माणका लागि दरभाउ पत्र आह्वान

शनिवार, मंसिर ८, २०८१

द. नं. ३५/२०६४/०६५

सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लि.
बिर्तामोड ४, झापा

 

भवन निर्माणका लागि दरभाउ पत्र आह्वान

सूचना प्रकाशन मिति २०८१/८/८

यस सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड ४ झापाले बिर्तामोड नगरपालिका वडा नं. ४ कित्ता नं. ४४५ ज. वि. १३ दशमलव २५ धुरमा ४२७५ वर्गफुट क्षेत्रफलको तीनतले कार्यालय भवन निर्माण गर्नुपर्ने भएकोले संस्था सञ्चालक समिति बैठकले निर्णय गरी गठन गरिएको भवन निर्माण समितिको मिति २०८१ मंसिर ८ गते बसेको बैठकको निर्णयानुसार इजाजत प्राप्त निर्माण व्यवसायी (ठेकेदार)बाट भवन निर्माण कार्य गराइने भएकोले यो सूचना प्रथमपटक प्रकाशन गरिएको सात दिनभित्र इच्छुक ठेकेदारहरुबाट दरभाउ पत्र आह्वान गरिएको छ ।

इच्छुक ठेकेदारहरुले संस्थाको मुख्य कार्यालय बिर्तामोड ४ झापाको सूचना पाटीमा र साझामञ्च डटकम अनलाइनमा यो सूचना प्रकाशन भएको सातौं दिन कार्यालय समयभित्र शिलबन्दी दरभाउ पेश गर्नुहुन र भवन निर्माणसँग सम्बन्धित बिस्तृत जानकारी संस्थाको कार्यालयबाट लिन सकिने छ । दरभाउ पत्र स्वीकृत वा अस्वीकृत गर्ने अन्तिम अधिकार संस्थामा निहित रहनेछ ।

– भवन निर्माण समिति

सम्बन्धित खबर