२०८१ माघ २०, आइतवार , ०१:०८:२९ बजे

Sajhamanch
'

इटहरीबाट लागुऔषध गाँजा बोकेको सवारी साधन नियन्त्रणमा

मङ्गलवार, मंसिर ११, २०८१

सुनसरी । सुनसरीको इटहरी उप-महानगरपालिका-२० पानीपिया जंगल स्थित कोशी लोकमार्गमा लागुऔषध गाँजा बोकेको स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंसिर ११ गते साँझ ७ः३० बजे बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा इलाका प्रहरी कार्यालय धरान र इटहरीबाट परिचालन भएको प्रहरी टोलीले चेक जाँचको क्रममा इटहरी-२० पानीपिया जंगल स्थित सडक साईडमा रोकी राखेको को. १ च ७६८९ नम्वरको स्कारपियो गाडी भित्र तयारी गाँजा ३०९ किलोग्राम (बोरा र प्लास्टिक) सहित बरामद गरेको हो ।

उक्त स्कारपियो र गाँजा प्रहरीले नियन्त्रणमा लिई सवारी चालकको खोजतलास गरीरहेको छ भने इलाका प्रहरी कार्यालय इटहरीबाट आवश्यक अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

मङ्गलवार, मंसिर ११, २०८१ | अपराध, समाज

सम्बन्धित खबर