२०८१ पौष १२, शुक्रवार , ०१:५८:५६ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा २६०० रुपैयाँले घट्यो

मङ्गलवार, मंसिर ११, २०८१

काठमाडौं । अघिल्लो दिन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेको सुन मंगलबार फेरि २६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८२० रुपैयाँ कायम भएको छ ।

मङ्गलवार, मंसिर ११, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर