२०८१ पौष १८, बिहिवार , ०२:३६:०२ बजे

Sajhamanch
'

पाथीभरा एग्रो टुरिजम विशिष्टिकृत सहकारी संघमा नयाँ नेतृत्व चयन

आइतवार, मंसिर ९, २०८१

दमक । पाथीभरा एग्रो टुरिजम विशिष्टिकृत सहकारी संघ लिमिटेडको पाँचौं वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ ।

दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा आज सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षमा पुनः नारायणप्रसाद भट्टराईलाई चयन गरेको हो । मेची बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसमेत रहेको भट्टराईलाई साधारण सभाले दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरी समितिको उपाध्यक्षमा कञ्चन्जंघा बहुउद्देश्यीय ससहकारी संस्थाका अध्यक्ष मणिकुमार भण्डारी, सचिवमा नवदुर्गा सहकारी संस्थाका अध्यक्ष प्रेम कोइराला चयन भएका जनाइएको छ । त्यसैगरी सदस्यहरुमा डाँफे साकोसका अध्यक्ष तुलाराम न्यौपाने, महारानीझोडा कृषि सहकारी गौरादहका अध्यक्ष मिना ढकाल, जुरोपानी सहकारी गौरादहका अध्यक्ष अमरदास शिवाकोटी, कर्णाली साकोस बिर्तामोडका सञ्चालक सदस्य गिरीराज भट्टराई, इन्द्रेणी बहुउद्देश्यीय सहकारीका चन्द्रकला निरौला र नवोदय बहुउद्देश्यीय सहकारी केर्खाका सदस्य ममता गुरुङ सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी कावेली सहकारी दमकका अध्यक्ष रुद्रप्रसाद मिश्रको संयोजकत्वमा शुभलक्ष्मी सहकारी गौरादहका गोपी धमला र आइडियल सहकारीका अम्बिका ढकाल सदस्य रहेको तीन सदस्सीय लेखा समितिसमेत साधारण सभाले सर्वसम्मत निर्वाचित गरेको छ ।

नेपाल कृषि सहकारी संघका केन्द्रीय उपाध्यक्ष मिना ढकालको प्रमुख आतिथ्यमा भएको साधारण सभामा अध्यक्ष भट्टराइले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै अहिलेको जटिल परिस्थितिमा पनि संस्थालाई विगतको घाटा पूर्ति गरेर नाफामा लैजान सकेको जानकारी गराए । अहिले रहेको विशिष्टिकृत सहकारी संघहरु मध्ये पाथीभरा विशिष्टिकृत सहकारी संघ अब्बल रहेको दावी गर्दै उनले आगामी दिनमा सफलता प्राप्त गर्न सकिने आधारहरु प्रस्तुत गरेका थिए ।

लेखा समितिका संयोकज रुद्रप्रसाद मिश्रले सञ्चालक समितिले हालसम्म कुनै किसिमको मिटिङ र बैठक भत्ता समेत नलिई काम गरिरहेको भन्दै संघको हिसाब पारदर्शी रहेको पाइएको प्रष्ट पारे । साधारण सभाको बन्दसत्रले अध्यक्ष र लेखा समितिको प्रतिवेदन सुझावसहित पारित गरेको थियो ।

साधारण सभामा जिल्ला सहकारी संघ झापाका लेखा सुपरीवेक्षण समितिका संयोकज चूडामणि ओझा, कोअपरेटिभ मेनेजर्स क्लब झापाका अध्यक्ष खोमप्रसाद बगाले लगायतको आतिथ्यता थियो ।

सम्बन्धित खबर