२०८१ पौष १३, शनिवार , ०२:१८:३२ बजे

Sajhamanch
'

सुनको भाउ फेरि निरन्तर बढ्ने क्रममा : आज एकैदिन तोलामा १७०० रुपैयाँले बढ्यो

आइतवार, मंसिर ९, २०८१

काठमाडौं । सुनको भाउ फेरि निरन्तर बढ्न थालेको छ । सुन आज एकैदिन तोलामा १७०० रुपैयाँ बढेको छ । भाउ बढेर सुन आज तोलाको १ लाख ६७ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि अस्ति शुक्रवार सुनको भाउ तोलाको १ लाख ६५ हजार ५०० रुपैयाँ रहेको थियो । शुक्रवार पनि सुनको भाउ तोलामा १५०० रुपैयाँले बढेको थियो । अघिल्लो महिना अन्तिम हप्ता लगातार घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा झरेको सुन मंसिर लागेसँगै फेरी निरन्तर बढेको हो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको एक हजार नौ सय ४० रुपैयाँ थियो ।

आइतवार, मंसिर ९, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर