२०८१ मंसिर १२, बुधवार , ११:०३:२० बजे

Sajhamanch
'

गैंडे सामुदायिक वनमा एमालेका उम्मेदवारहरुको बर्चश्व

आइतवार, मंसिर ९, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको गैंडे सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट रामध्वज लावतीको नेतृत्वमा बनेको प्यानलका सबैजसो उम्मेदवारहरु विजयी भएका छन् ।

अध्यक्ष पदका उम्मेदवार लावतीले ५२८ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसको तर्फका उम्मेदवार बनेका अमृतबहादुर कार्कीले ३९८ मत र स्वतन्त्र उम्मेदवार सन्तोष लामाले ९९ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्षमा पदमा नेकपा माओवादी केन्द्रका रविन राई निर्वाचत भएका छन् । उनले ४७७ पद प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी दिपेन्द्र संग्रौलाले ३७९ मत र भानुप्रसाद उप्रेतीले ८८ मत प्राप्त गरे ।

त्यसैगरी सचिव पदमा जानुका धितालले ४४६ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्वन्दी कुमारी योङहाङ्ग (फागो)ले ४४३ प्राप्त गरेकी छिन् ।

कोषाध्यक्ष पदमा ४०७ मत प्राप्त गरी टिका बाँस्कोटा निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्दी टिकामाया तुम्सा लिम्बूले ३६३ मत प्राप्त गरेकी थिइन् ।

खुल्ला सदस्यतर्फ अम्बरबहादुर योङहाङ्ग, रविन राई र हेमन्त कार्की निर्वाचित भएका छन् ।

महिला सदस्यमा सम्झाना अधिकारी, महिला आदिवासी जनजातिमा कान्तिहाङ्ग सेलिङ लिम्बू, महिला दलितमा विन्दाकुमारी दर्जी, महिला सदस्य पिछडा वर्गमा रिना कुर्मी निर्वाचित भएको निर्वाचन समिति सदस्य नारायण भट्टराईले जानकारी दिए ।

त्यस्तै ब्लक नं. माई न. पा. ८ लोसे सदस्यमा बुद्धकुमार लिम्बू, ब्लक नं. ५ शिवसताक्षी १० ट्याक्राको सदस्यमा कमलप्रसाद तिम्सिना निर्वाचत भएको निर्वाचन समितिले जनाएको छ ।

पदाधिकारीसमेत १३ सदस्यीय कार्यसमिति मध्ये नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेका १२ जना निर्वाचत भएका छन् ।

सम्बन्धित खबर