अर्जुनधारा । झापाको अर्जुनधारा जलेश्वरधाममा सशस्त्र प्रहरीले सरसफाई गरेको छ ।
बालाचतुर्दशीको अवसर पारेर भोली शनिबारबाट धाममा ४२ औं अनुष्ठान हुँदैछ । अनुष्ठानको पूर्व सन्ध्यामा आज सशस्त्र प्रहरीले सरसफाई गरेको हो ।
बिश्वशान्ति तथा पितृ उद्धारको कामनासहितच १०८ अष्टोतरशत आयोजना गर्न लागिएको अनुष्ठानको सम्पूर्ण तयारी समपन्न भएको धाम समितिले जनाएको छ ।
अन्तराष्ट्रिय कथा व्यास तथा १८ पुराणका प्रवक्ता, धर्मदर्शन फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष कुवेर सुवेदीको प्रमुख वाचकत्व र जलेश्वर धामका मुल अर्चक अग्निप्रसाद सिग्देलको वाचकत्वमा महापु्राण सम्पन्न हुनेछ ।
धामले यो बर्षको बालाचतुर्दशीलाई विगतका दिनभन्दा भब्य बनाउने तयारी गरेको छ ।
धाममा आयोजना हुने अष्टोत्तोरशत १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञको उद्घाटन स्वामी कालीबाबा र श्रीकृष्ण प्रणामी धर्मका गुरुजी श्री १०८ मोहनप्रियाचार्यले गर्नुहुनेछ ।
पुर्वको प्रशिद्ध धार्मिक स्थल अर्जुनधारामा पुर्वी नेपालका अधिकांस जिल्ला, छिमेकी देश भारतको बंगाल, बिहार राज्य लगायतबाट धार्मिक पर्यटक दर्शनका लागि आउने गरेका छन् ।