२०८१ पौष १०, बुधवार , १०:४८:०८ बजे

Sajhamanch
'

लुङा पत्रिकाको रजत वर्ष विशेषाङ्क सार्वजनिकसँगै दुई पत्रकार पुरस्कृत गरिँदै

बिहिवार, मंसिर ६, २०८१

दमक । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ प्रकाशन गरेको छ । लुङा प्रकाशन परिवारको आज बिहीबार बसेको बैठकले आउँदो मंसिर २१ गते शुक्रबार दमकमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ सार्वजनिक गर्ने निर्णय गरेको छ ।

पत्रिकाका प्रकाशक/सम्पादक सेसेमी से. नाल्बोले जारी गरेको विज्ञप्तिमा २५ वर्ष अघि पाँथथरको साविक मौवा गाविस, हाल तुम्बेवा गाउँपालिका २ स्थायी ठेगाना राखी लुङा प्रकाशन सुरु गरिएको उल्लेख छ । झापाको दमक १ मा सम्पर्क कार्यालय रहेको सो त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरी विशेषाङ्क सार्वजनिक गर्न लागेको हो ।

सोही कार्यक्रममा दुई जना पत्रकारहरु याक्थुङ सेनाल्बो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका हुन् । याक्थुङ सेनाल्बो पत्रकारिता पुरस्कार २०७९ र २०८० बाट क्रमशः इत्तुङ्साङ समसामयिक पत्रिकाका प्रकाशक/सम्पादक थाकुहाङ मेरिङ र धड्कन पत्रिका (भारत, आसाम)का प्रकाशक/सम्पादक लोकमान सुब्बा आङदेम्बे पुरस्कृत हुने विज्ञप्तिमा जनाइएको छ ।

पुरस्कृत पत्रकारलाई जनही नगद २० हजार रूपैयाँ राशीसहित तामापत्र प्रदान गरिने छ ।

सम्बन्धित खबर