२०८१ पौष ७, आइतवार , १०:३०:३० बजे

Sajhamanch
'

नक्कली फेसबुक आइडीबाट महिलाको चरित्र हत्या गर्ने एक भारतीय इलाममा पक्राउ

बुधवार, मंसिर ५, २०८१

झापा । इलाममा नक्कली फेसबुक आइडी बनाई महिलाको चरित्र हत्या गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत आसाम राज्य, जिल्ला नगाऊँ, कोलियावर सुलुङ ढोलपानी घर बताउने २१ वर्षीय प्रशान्त दास रहेका छन् ।

उनले नक्कली फेसबुक आइडीबाट चिनजान भएका इलाम सूर्योदय नगरपालिकाका एक महिलाले चलाउने गरेको फेसबुकबाट उनको परिवारको फोटो तानेका थिए ।

त्योसँगै ती महिलाको आफन्तको नक्कली फेसबुक आइडी बनाई सो आइडीबाट महिला समेतको फोटो पोस्ट गरी चरित्र हत्या गरेका थिए । उनले अश्लील यौनजन्य फोटोहरू समेत पठाउने गरेका थिए ।

उनलाई सोमवार प्रहरी चौकी फिक्कल इलामबाट खटिएको प्रहरीले सूर्योदय नगरपालिका–१० फिक्कल चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका दासबाट एक थान मोबाइल बरामद भएको छ ।

उनलाई हिजो जिल्ला अदालत इलामबाट विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम अपराध मुद्दामा १०दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बुधवार, मंसिर ५, २०८१ | अपराध, समाज