२०८१ पौष ८, सोमवार , ०२:५५:३२ बजे

Sajhamanch
'

‘ह्रस्व दीर्घ’ले बुधबारसम्म ४ करोड नाघ्ने प्रक्षेपण, यस्तो छ चार दिने कमाइ

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको चौंथो दिनसम्म ३ करोड ६५ लाख बराबरको टिकट विक्री गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले सोमबारसम्मको कमाई सार्वजनिक गरेको हो ।

शुक्रबार ८० लाखको ओपनिङ गरेको फिल्मले शनिबार १ करोड २० लाख ग्रस कमाएको थियो । आइतबार ७५ लाख कमायो । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सोमबार सार्वजनिक बिदा दिएपछि फिल्मको कमाइमा पुनः बढोत्तरी भयो । फिल्मले सोमबार ९० लाख कमायो ।फिल्मको यो कलेक्सन सन्तोषजनक हो । प्राप्त १३० हाराहारीको शो संख्याबाट नीता ढुंगाना र हरिहर अधिकारी स्टारर फिल्मले उक्त कमाइ गरेको हो । फिल्ममा नेपालीसहित भारतीय कलाकारको लर्को छ । फिल्मको प्रवद्र्धनको लागि भारतीय अभिनेता प्रदीप रावत नेपाल आएका थिए । उनी मंगलबार नेपालगञ्ज हुँदै भारत फर्किएका छन् ।

सम्बन्धित खबर