२०८२ पौष २८ सोमवार , ११:५८:०८ बजे

Sajhamanch
'

आजको मौसम

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा अहिले मौसम सफा छ। तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
आइतवार, पौष २७, २०८२
आजको मौसम
सोमवार, पौष २१, २०८२