झापा । पूर्वी नाकाबाट अवैध रुपमा भित्राइएको भारतीय मदिरा प्रहरीले बरामद गरेको छ । मेचीनगरका सीमा नाकाबाट तस्करीको माध्यमबाट भित्राइएको ३३७ पिस वर्ल्ड मर्क मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले गएराति ९ः२५ बजे मेचीनगर नगरपालिका–१० धुलाबारी चोकमा चेकजाँच गर्ने क्रममा सो भारतीय मदिरा बरामद गरेको थियो ।
अन्दाजी १ लाख ३६ हजार ९५६ रुपैयाँ बराबरको सो मदिरा आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।