२०८१ पौष ११, बिहिवार , ०९:२०:५२ बजे

Sajhamanch
'

‘पार्टीको संगठन बलियो बनाउन एक सय दिने अभियान’ : कांग्रेस केन्द्रीय सदस्य गिरी

आइतवार, मंसिर २, २०८१

बिर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं एक सय दिने अभियानका लागि झापा प्रतिनिधि दिपक गिरीले पार्टीले थालेको अभियानले संगठन बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

नेपाली कांग्रेस झापाको बैठक एवं सय दिने अभियान अन्तरगत जिल्ला पार्टी कार्यालयमा आज आयोजित भेलालाई सम्बोधन गर्दै नेता गिरीले अभियानका क्रममा अभिमुखीकरण कार्यक्रम, सांगठनिक अवस्था, सदस्यता नवीकरण र नयाँ वितरण प्रक्रिया, बैठक, सम्मेलन, कार्यतालिका, अभिलेखीकरण, भातृ तथा शुभेच्छुक संघ–संस्थाको क्रियाशिलता, स्थानीय सरकार पार्टी र जनप्रतिनिधि बीचको समन्वय, समसामयिक मुद्दा, महासमिति बैठकबाट पारित विषय, सरकार गठन र दलीय सहकार्य, पार्टीले लिएका अडान र जनसरोकारका विषयमा पार्टीले अवलम्बन गर्नुपर्ने सन्दर्भका बारेमा बृहत छलफल हुने जानकारी दिए ।

यसले संगठनलाई बलियो र एकजुट बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ’ नेता गिरीले थपे, ‘अभियान सफल पार्नु हामी सबैको दायित्व हो, म नेता होइन, सहयोगी भएर आएको हुँ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्वव थापाले सय दिने अभियान अन्तरगत कोशी प्रदेश सम्मेलन र ‘कचनकवल–सगरमाथा यात्रा’ कार्यक्रम तय गरिएको जानकारी दिए ।

कचनकवल–सगरमाथा यात्राका क्रममा सबै नेता कार्यकर्ता एवं जनताको सामाजिक, आर्थिक अवस्था, जनजीवन, विकास निर्माण, सांगठनिक अवस्था बुझिने र सोही अनुरुप पार्टीको नीति तथा कार्यक्रमहरु बनाउन सहयोग पुग्ने प्रदेश सभापति थापाले धारणा राखेका थिए ।

अभियान अन्तरगत मंसिर २२ गते कोशी प्रदेश सम्मेलन र पुष १६ मा कचनकवल–सगरमाथा यात्रा प्रारम्भ गर्ने उनले जानकारी दिए ।

सम्बन्धित खबर