
काठमाडौं । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँमा झरेको छ । अघिल्लो हप्ता लगातारजसो घटेको सुनको भाउ यो हप्ताको पहिलो कारोबार दिनमा पनि घटेको हो ।
यस्तै चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेर तोलाको १ हजार ९०५ रुपैयाँमा काराबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।