२०८१ पौष ११, बिहिवार , ०१:३८:४६ बजे

Sajhamanch
'

कचनकवलमा धानको कुन्यूमा आगजनी

शुक्रवार, कार्तिक ३०, २०८१

बिर्तामोड । झापाको कचनकवल-५ पाठामारी डाँगाबारीमा धानबालीमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय मितु मियाको करिब एक बिघा खेतको धानमा नचिनेको मान्छेले राति करिब १ बजे आगजनी गरेका हुन् ।

भद्रपुर नगरपालिकाबाट गएको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ । आफूले दुई दिनअघि जम्मा गरेर राखेको धानको कुन्यूमा आगो लागेको देखेपछि छिमेकीसँग गुहार मागेको मियाले बताए ।

घटनास्थल नेपाल भारत सीमानजिक रहेको छ भने सशस्त्र क्याम्पबाट मात्र १५० मिटर दूरीमा रहेको छ ।

आपराधिक मानसिकता बोकेका व्यक्तिले नियतवश लागो लगाएको मियाले बताए । गत वर्ष पनि पाठामारीमा करिब २ बिघाको धानमा त्यसरी नै आगजनी भएको थियो ।

शुक्रवार, कार्तिक ३०, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर