झापा । वैदेशिक रोजगारीमा गएका झापा बिर्तामोड नगरपालिका– २ का श्रवण जोशीको दुबईमा मृत्यु भएको छ । गत कात्तिक २१ गते ४५ वर्षको उमेरमा जोशीको मृत्यु भएको जनाइएको छ ।
उनको सुतेकै ठाउँमा मृत्यु भएको बिर्तामोड-२ का वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए । जोशीको शवलाई आज कनकाई माई नदीमा अन्त्येष्टि गरिने परिवारलाई उद्धृत गर्दै उनले जानकारी दिएका छन् ।