२०८१ पौष ११, बिहिवार , ०६:०३:३६ बजे

Sajhamanch
'

मेचीनगरले माइको टिमलाई ८ गोल हान्यो

बिहिवार, कार्तिक २९, २०८१

अर्जुनधारा । सनम भुजेलको ४ गोलको मद्धतमा मेचीनगर नगपालिका चौंथो खुदुनाबारी गोल्डकप २०८१ को सेमीफइनल प्रवेश गरेको छ ।

इलामको माई नगरपालिका विरुद्ध ८–१ गोल अन्तरको फराकिलो जित निकाल्दै मेचीनगर अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो ।

अर्जुनधारा–३ को कैंदले प्राकृतिक रंगशालामा भएको खेलमा सनम भुजेलले २५औं, ४०औं र ७५औं मिनेटमा गोल गर्दै ह्याट्रीक पूरा गरे ।

खेलको दोस्रो हाफको अतिरित्तm समयमा भुजेलले थप एक गोल गरे । मेचीनगरका लागि कप्तान खमिर गिल्सन कन्दङवाले २३औं र ४५औं मिनेटमा २ गोल गरे । अरुण मेचेले ५१औं मिनेटमा एक गोल र दोस्रो हाफको अतिरित्तm समयमा थप १ गोल गरेर टिमका लागि २ गोलको योगदान दिए ।

इलामको माई नगरपालिकाका कप्तान सुजन नेम्वाङले ४३औं मिनेटमा एक गोल फर्काए । त्यस बाहेका खेलमा माईका खेलाडीले स्कोर गर्न नसक्दा फराकिलो हार भोग्यो ।

मेचीनगरका लागि ४ गोल गरेका सनम भुजेल खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाए ।

उनलाई प्रतियोगिताका संयोजक सिताराम भट्टराई, प्रमुख अतिथि मदन बिक्रम नेम्वाङ र नगर खेलकुद विकास समिति अर्जुनधाराका अध्यक्ष सुरेन्द्र धिमालले पुरस्कार प्रदान गरे ।

गोल्डकप अन्तरगत शुक्रबार हुने तेस्रो क्वाटरफाइनलमा बिर्तामोड नगरपालिका र गौरादह नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।