२०८१ पौष ७, आइतवार , १२:४७:२९ बजे

Sajhamanch
'

अमेरिकी डलर साट्ने बहानामा ९ लाख रुपैयाँ ठगेर फरार रहेका २ जना पक्राउ

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । अमेरिकी डलर साट्ने बहानामा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ धार्पाका २६ वर्षीय ललितबहादुर पाइन र २४ वर्षीय कृष्णलाल पाइन रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

ललितबहादुर र कृष्णबहादुरले अमेरिकी डलर साट्ने बहानामा भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा बोलाई नौ लाख रुपैयाँ ठगी गरी फरार भएका थिए ।

उनीहरूलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताए।

बिहिवार, कार्तिक २९, २०८१ | अपराध, समाज