२०८१ मंसिर ६, बिहिवार , ०९:२९:४८ बजे

Sajhamanch
'

दमकमा जिपको ठक्करबाट श्रेष्ठ गम्भीर घाइते

बिहिवार, कार्तिक २९, २०८१

दमक । झापाको दमकमा बोलेरो जिपको ठक्करबाट एकजना किशोर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान ५ः४५ बजे दमक–४ चिया दोकानमा जिपको ठक्करबाट दमक–९ बस्ने १७ वर्षीय प्रज्ज्वल श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।

उनको बायाँ खुट्टा भाच्चिएको, निधार र टाउकोमा चोट लागेर गम्भीर घाइते भएकाले उपचारको लागि निम्स अस्पताल दमकमा लगिएको छ ।

पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको मे. १ ज ३३६३ नम्बरको जिपले श्रेष्ठलाई ठक्कर दिएको थियो ।

जिप र जिप चालक पाँचथर मिक्लाजुङ–२ बस्ने ३० वर्षीय तिलविक्रम खजुमलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

बिहिवार, कार्तिक २९, २०८१ | जिल्ला समाचार, समाज