२०८१ माघ ३, बिहिवार , ०९:३६:११ बजे

Sajhamanch
'

हलले खुलाए ‘ह्रस्व दीर्घ’को अग्रिम टिकट बिक्री

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । सिनेमा हलले शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को अग्रिम टिकट बिक्री खुलाएका छन् । बुधबार दिउँसो १ बजेसम्म फिल्मले देशव्यापी ७० हाराहारीमा शो प्राप्त गरेको छ ।

बिहीबार बेलुकासम्म शो संख्या अझै वृद्धि हुने देखिएको छ । क्यूएफएक्सले देशव्यापी ४३ शो दिएको छ भने आईएनआईले ८ शो दिएको छ । ‘केटी हराएको सूचना’ र ‘कंगुवा’ नआउने भएपछि नीता ढुंगाना स्टारर फिल्मलाई राहत मिलेको छ ।‘ह्रस्व दीर्घ’का लागि अबको मुख्य चुनौती भनेको प्राप्त शोलाई अकुपेन्सीमा रुपान्तरण गर्नु हो । अझै कतिपय हलले बुकिङ खुलाउन बाँकी रहेकाले शो संख्या अझै बढ्ने निश्चित छ ।

बिहीबार बेलुकासम्मको अग्रिम टिकट बिक्रीको ट्रेन्डले यो फिल्मको ओपनिङ सप्ताहन्तको अवस्था कस्तो हुनेछ त्यो टुंगो लाग्नेछ । यतिबेला हलमा ‘पूर्णबहादुरको सारङ्गी’को सुनामी चलिरहेको छ । यस्तोमा यो सुनामीको गतिबाट दर्शकलाई आफूतिर आकर्षित गर्नुपर्ने चुनौती ‘ह्रस्व दीर्घ’मा छ ।चन्द्र पन्त निर्देशित यो फिल्मलाई अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन् ।

फिल्ममा उनीहरूको साथमा प्रदीप रावत, ब्रह्मानन्दम, विपना थापा, सुनील वर्मा, कबीर दुहान, रेखा थापा, सरोज खनाल, सञ्चिता लुइँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत कलाकारको अभिनय छ । फिल्मको लगानी ६ करोड रुपैयाँ बताइएको छ ।

सम्बन्धित खबर