२०८१ कार्तिक २८, बुधवार , ११:२९:४७ बजे

Sajhamanch
'

रुसी मिसाइल आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु

मङ्गलवार, कार्तिक २७, २०८१

 रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु भएको छ।दक्षिण पश्चिमी सहरहरुमा रुसले एकपछि अर्को ग्लाइड बम आक्रमण गर्दा ३० भन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन्। माइकोलाभइ सहरमा ५ जना मारिएको समाचारमा जनाइएको छ। यसअघि आइतबार युक्रेनले रुसको राजधानी मस्को लक्षित गरेर ३४ वटा ड्रोन आक्रमण गरेको थियो। त्यसको बदलामा रुसले युक्रेनका विभिन्न सहरमा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो।

बीबीसीका अनुसार पछिल्लोपटक रुस र युक्रेनबी हालसम्मकै घातक बम ड्रोन आक्रमण भएको छ। यसैबीच, युक्रेनले आफ्ना ५० हजार सैनिक रुसको कुस्र्क क्षेत्रमा फसेको दाबी गरेको छ। राष्ट्रपति भोलोेदिमिर जेलेन्स्कीले राष्ट्रको नाममा हुने आफ्नो नियमित सम्बोधनमा यस्तो दाबी गरेका छन्। उनले ठूलो संख्यामा आफ्ना सैनिक रुसमा फसेकाले मस्कोमा आक्रमण गर्ने क्षमता कम भएको बताए।केही स्वतन्त्र सञ्चारमाध्यमहरुले भने यसअघि रुसको कुस्र्क क्षेत्रमा ११ हजार युक्रेनी सैनिक मात्र रहेको बताएका थिए। तर जेलेन्स्कीले ५० हजार सैनिक फसेको दाबी गरेको बीबीसीले जनाएको छ। एजेन्सी

सम्बन्धित खबर