२०८१ मंसिर ६, बिहिवार , १०:५८:०२ बजे

Sajhamanch
'

झिलझिलेको पारिजात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न

आइतवार, कार्तिक २५, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा रहेको पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ ।

वार्षिक साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष पुष्पराज अधिकारीले आर्थिक वर्ष २०८०/०८१ को आषाढ मसान्तसम्ममा ४३ लाख ५५ हजार ८०० रुपैयाँको शेयर पुँजी बनाएको जानकारी दिए ।

सो मितिमा संस्थाले १ करोड १९ लाख ७१ हजार ११७ रुपैयाँ निक्षेप संकलन गरी १ करोड ११ लाख ६४ हजार १९८ रुपैयाँ ऋण लगानी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले आव २०८०/०८१ मा १८ लाख १० हजार २६४ रुपैयाँ आम्दानी गरी १७ लाख ८४ हजार ८०९ रुपैयाँ खर्च भएको संस्थाले जनाएको छ ।

साधारण सभामा संस्थाले ४ जना शेयर सदस्यहरुलाई सम्मान गरेको छ । असल बचतकर्ता तर्फ मिनाकुमारी राई, असल ऋण कारोबारी लक्ष्मी राई र राधिका निरौला तथा असल बाल बचततर्फ सुजेन केदेम सम्मानित भएका हुन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्गबो र संस्थाका अध्यक्ष अधिकारीले सम्मान प्रदान गरेका थिए ।

साधारणसभामा लेखा समितिको प्रतिवेदन संयोजक वीरेन्द्र बिक्रम शेर्माले प्रस्तुत गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष अर्जुन राईले गरेका थिए भने सञ्चालन लेखा समिति सदस्य शिवराज राईले गरेका थिए ।