![](https://sajhamanch.com/wp-content/uploads/2024/11/Lekhapadi-saccos-Bhadrapur.jpg)
भद्रपुर । लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ को १४औं वार्षिक साधारण सभा आज शुक्रबार सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष दलबहादुर थापाको अध्यक्षता र बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)का महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न गरिएको हो ।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले १४ जना महिला सदस्यसहित २७५ शेयर सदस्य र एक करोड एक लाख ६९ हजार सेयर पूँजी विवरण प्रस्तुत गरेका थिए ।
साधारणसभा उद्घाटन समारोहमा प्रमुख अतिथि अधिकारीले मन्तब्य राख्दै कुनै पनि दलको आवरणमा सहकारी ठग्नेहरू संरक्षित हुनु नहुने भन्दै कानुनी दायरा बढाएर सहकारीको रकम अपचलन गर्नेहरूलाई नियन्त्रण गर्न राज्य लाग्नुपर्ने बताए ।
सभामा संस्थाको उत्कृष्ट बचतकर्ता सम्मानबाट अलिम अख्तर तथा टिकाराम अधिकारी र उत्कृष्ट ऋण कारोबारी सम्मानबाट गणेश ढकाल र भुवन भण्डारीलाई सम्मान पत्र प्रदान गरी गरिएको थियो । यस्तै संस्थाको ज्येष्ठ सदस्य सम्मानबाट टिकाप्रसाद कोइराला सम्मानित भए ।
सचिव हेमराज खतिवडाले सञ्चालन गरेको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष युवराज कार्की (पर्वत), नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन भद्रपुर इकाइका पूर्व अध्यक्ष रमेश पोखरेल, लोकनाथ भट्टराई, राष्ट्रसेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी लगायतले मन्तव्य राख्दै सहकारीलाई सहकार्यको आधार बनाउनु पर्नेमा जोड दिएका थिए ।