२०८१ मंसिर ६, बिहिवार , ०९:२९:४२ बजे

Sajhamanch
'

जनप्रतिनिधि हुन् त वडा नं. ८ काजस्ता, अग्निपीडित गौतम परिवारलाई एकाबिहानै राहत प्रदान

शुक्रवार, कार्तिक २३, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ८ प्याकुरेल चौकमा गएराति भएको आगलागीका पीडित परिवारलाई ८ नं वडा कार्यालयले राहत प्रदान गरेको छ ।

आज बिहान पीडितकै घरमा पुगेर वडाध्यक्ष अजय कार्की, वडा सदस्यहरु अग्निप्रसाद सिटौला, इन्दिरा पाण्डे, सोयालाल राजवंशी, लक्ष्मी नेपालीले ग्यास चुल्हो, खाद्यान्न, भाँडा वर्तनलगायत गरी २१ हजार ४०० रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

अग्निपीडित शिवलाल गौतमको परिवारलाई वडाका जनप्रतिनिधिहरुले राहत सामग्री हस्तान्तरण गरेका थिए । सो आगलागीबाट करिव १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति ८ः३० बजे गौतमको घरसँगै रहेको सिमेन्टको गारो, टिनको छानो भएको भान्सा कोठामा अचानक आगलागी भएको थियो । आगलागीबाट भान्साघर पूर्णरुपमा जलेर नष्ट हुँदा त्यसभित्र रहेका २ वटा ग्यास सिलिण्डर पड्किएको थियो ।

आगलागीबाट एउटा ग्यास चुल्हो, अन्य भाँडावर्तन, अन्नपात, एउटा स्कुटर र घरको दक्षिण साइडको बरण्डाको भागसमेत जलेर क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा छिमेकी मोहन तिमल्सिना घाइते भएका छन् । उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् घर लगिएको छ ।

स्थानीयबासी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति ९ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।