२०८१ कार्तिक २३, शुक्रवार , १०:५२:०७ बजे

Sajhamanch
'

रास्वपाले बोलायो केन्द्रीय समिति

शुक्रवार, कार्तिक २३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक शनिबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बताईएको छ ।
बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए।यस्तै, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम् मुद्दा र संघर्षका मोडालिटीबारे छलफल हुने झाको भनाइ छ।

स्थानीय तह उपनिर्वाचन परिचालन र विविध विषयमा छलफल गर्न बैठक बोलाइएको झाले जानकारी दिए।

पार्टी सभापति रवि लामिछाने सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले आन्दोलन गरिरहेको छ। सो विषयमा पनि आगामी रणनीति तय गर्ने विषयमा छलफल हुने बताइएको छ

सम्बन्धित खबर