२०८१ पौष ६, शनिवार , ०९:२२:५३ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी सुरुङ्गा कार्यालयको १५ दिने सार्वजनिक सूचना

मङ्गलवार, कार्तिक २०, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर ६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८१/०७/१३

जिल्ला झापा कनकाई–५ बस्ने स्व. धनपति पाण्डे (सदस्य नं. ११७४१)का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल भदौ २४ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कनकाई ५ बस्ने निजकी श्रीमती नरमाया पाण्डेले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल कात्तिक ४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

–  एनएमसी सुरुङ्गा कार्यालय

मङ्गलवार, कार्तिक २०, २०८१ | विज्ञापन

सम्बन्धित खबर