२०८१ पौष ७, आइतवार , ०७:५२:५८ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

मङ्गलवार, कार्तिक २०, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP

प्रधान कार्यालयः मेचीनगर ६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८१/०७/१३

जिल्ला झापा कनकाइ ३ बस्ने स्व. नरमाया कट्वाल (सदस्य नं. ५३८०३)का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल असोज ४ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कनकाई ३ बस्ने निजका छोरा भानुभक्त कटुवालले आफ्नो आमाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल असोज २२ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

–  एनएमसी सुरुङ्गा कार्यालय

मङ्गलवार, कार्तिक २०, २०८१ | विज्ञापन

सम्बन्धित खबर