२०८१ पौष १, सोमवार , ०५:३८:३३ बजे

Sajhamanch
'

मिस युनिभर्समा सहभागी हुन मेक्सिको प्रस्थान गरिन् सम्पदा

शुक्रवार, कार्तिक १६, २०८१

मेक्सिकोमा आयोजना हुन लागेको ७३ औं मिस युनिभर्स प्रतियोगितामा सहभागी हुन ‘मिस युनिभर्स नेपाल २०२४’ सम्पदा घिमिरे त्यसतर्फ प्रस्थान गरेकी छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्पदाले देशलाई जिताउन आफूले सक्दो प्रयास गर्ने बताइन् । तेन्जिन छेतेन भुटियाले गरेको डिजाइनमा उनी आकर्षक देखिएकी थिइन् ।फिनालेका लागि नेपालको राष्ट्रियता र परम्परा झल्किने नेसनल कस्ट्युम समेत प्रस्तुत गर्नेछिन् । यस वर्षको मिस युनिभर्स नेपालको फिनालेमा सहभागी हुन आएकी वर्तमान सुन्दरी सेनेसिस पालासियोसले नयाँ विजेतालाई ताज पहिराउनेछिन् ।

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सबैभन्दा उदार मानिने युनिभस युनिभर्समा सहभागी हुन उमेर, तौल, वैवाहिक स्थिति र आफ्नो लैङ्गिक अवस्थाको अवरोध छैन । प्रतियोगितालाई समावेशी तुल्याउन भन्दै सन् २०२३ को संस्करणदेखि मिस युनिभर्सले नयाँ नियम लागू गरेको थियो ।

यस वर्षदेखि नेपालको मिस युनिभर्सको स्वामित्व नयाँ समूहले लिएको थियो । गत वर्ष नेपालको प्रतिनिधित्व जेन दीपिका ग्यारेटले गरेकी थिइन् । प्लस साइज मोडल समेत रहेकी ग्यारेटको चर्चा अन्तर्राष्ट्रिय मिडियाले समेत गरेका थिए ।

मिस अर्थमा सहभागी हुन मिस नेपाल अर्थ सुमना केसी मनिला र मिस इन्टरनेसनलमा सहभागी हुन मिस नेपाल इन्टरनेसनल करुणा रावत टोकियोमा छन् ।