बिर्तामोड । पूर्बेली ढुवानी सेवा प्रालि बिर्तामोडले व्यवसायलाई थप मजबुद बनाउने उद्देश्यले ढुवानीका साधनहरु थप गरेको छ ।
कोशी प्रदेश र बाहिरका विभिन्न जिल्लामा समेत सेवा दिँदै आएको पूर्बेलीले आज ५ वटा ट्रक थप गरेर सेवालाई थप मजबुद र व्यवस्थित बनाएको जनाएको छ ।
टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ धाइजनमा पुगेर ढुवानी सञ्चालक निर्मलराज खत्री र हरि बस्नेतले गाडीको चाबी लिएको जनाइएको छ । सञ्चालक खत्रीलाई सिप्रदीका सर्भिस म्यानेजर सन्तोष पट्टेलले चाबी हस्तान्तरण गरेका हुन् ।
प्रविधिको विकाससँगै ढुवानीका क्षेत्रमा प्रतिस्पर्धासमेत बढ्दै गएकोले ५ वटा दशचक्के ट्रक थप गरेको सञ्चालक खत्रीले जानकारी दिए ।
पूर्बेलीले २५१८ सी मोडलको ट्रक खरिद गरेको हो । सो कम्पनीले सुनसरीको ईटहरीमा समेत कार्यालय राखेर सेवा दिँदै आएको छ । सञ्चालक खत्री ट्रान्सपोर्ट एशोसिएसन संघ झापाका कोषाध्यक्ष समेत हुन् ।