२०८१ पौष १०, बुधवार , ०१:३५:५३ बजे

Sajhamanch
'

रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न रास्वपा सांसदको माग

सोमवार, कार्तिक १२, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न माग गरेको छ ।

सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वापाकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई यस्तो आग्रह गरेकी हुन् ।‘गृहमन्त्रीज्यूलाई विशेष अनुरोध गर्न चाहन्छु, थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोच्नुहुन अनुरोध गर्न चाहन्छु’, उनले भनिन् ।

रवि लामिछाने चुनावमा १२ लाख जनताले पत्याएको र संसदको चौथो पार्टीको सभापति भएको बताइन् । यसकारण लामिछानेप्रति विश्वास हुनेहरूले उनको प्रक्राउको विरोधमा प्रदर्शन गर्नु स्वभाविक हुने कार्कीको भनाइ छ ।प्रदर्शनलाई कतिपयले अदालत प्रभावित पार्ने प्रयास गरेको भनेर आलोचना गरेको भन्दै उनले त्यसको विरोध गरिन । सांसद कार्कीले अगाडि भनिन्, ‘कसुर अनुसन्धानकै क्रममा छ । अदालतमा पुगेकै छैन ।’