२०८१ मंसिर ७, शुक्रवार , ०६:१३:४३ बजे

Sajhamanch
'

झापामा नेपाल महिला संघको कार्यकर्ता भेला

आइतवार, कार्तिक ११, २०८१

बिर्तामोड । नेपाल महिला संघका केन्द्रीय अध्यक्ष उषा राउत मिश्रले राणाकालीन निरंकुशताको अन्त्यका लागि संघर्ष गरेको महिला संघलाई सशक्त र सुदृढ बनाउन सकेमात्र नेपाली काङ्ग्रेस पार्टी बलियो हुने बताएकी छन् ।

नेपाल महिला संघ झापाको आयोजनामा आज बिर्तामोडमा भएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले यस्तो बताएकी हुन् । महिलाहरूको सशक्तिकरण र क्षमता अभिबृद्धिका लागि पार्टीको साथ अपरिहार्य भएको उनको धारणा थियो ।

महिला संघको विधानमा रहेका कतिपय प्राविधिक त्रुटीहरुलाई सच्याउने प्रक्रियाका लागि पार्टीसँग समन्वय भइरहेको जानकारी दिदै उनले तिहारपछि सबै तहको अधिवेशनको मिति तय गरिने पनि बताइन् ।

अधिवेशनका लागि आधार मानिने कृयाशिल सदस्यता नवीकरण र नयाँ क्रियाशिल सदस्यता वितरण कार्य तीब्र बनाउन उनले संघका सबै तहलाइ आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाइले नेपाल महिला संघलाई सशक्त बनाउन झापामा पार्टीले सहयोग गरिरहेको जिकिर गरेका थिए ।

नेपाल महिला संघ झापाका अध्यक्ष टीका सिटौला मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सहसचिव गीता ओडारी खरेलले गरेकी थिइन् ।