२०८१ पौष ११, बिहिवार , १२:३९:३६ बजे

Sajhamanch
'

भारतीय फूलमाला आयात रोक्न सरकारसँग माग

आइतवार, कार्तिक ११, २०८१

हेटौंडा । भारतबाट आयात हुने सयपत्री लगायतका फूलमाला रोक्न नेपाल सयपत्री फूलमाला उत्पादक केन्द्रीय संघले सरकारसँग माग गरेको छ ।तिहारमा बढी माग हुने फूलमाला भारतबाट आउँदा नेपाली किसानहरुले आफूले उत्पादन गरेका फूलमालाले बजार भाउ नपाउने गुनासो गर्दै आएका छन् ।

नेपाल सयपत्री फूलमाला उत्पादक संघका केन्द्रीय अध्यक्ष बालकृष्ण चौलागाईंले तिहार लगायत चाडपर्व आउन थालेपछि नेपाली फूलमाला उत्पादक किसानहरुलाई अप्ठेरोमा पार्ने काम हुँदै आएको बताउँछन् । त्यसैले भारतबाट आउने सयपत्री लगायतका फूलमालाको आायतमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएको उनले बताए । यस वर्ष नेपालकै धेरै ठाउँमा खेती गरिएका सयपत्री फूलले बजारको प्रतिक्षा गरिरहेको उनको भनाइ छ ।

‘नेपाल सरकारलाई त्यो भारतीय फूलमाला रोक्नको लागि अनुरोध गर्दछौं र सम्पूर्ण सयपत्री फूलमाला उत्पादक किसानलाई सजग रहन र भारतीय फूलमाला रोक्न अनुरोध गर्दछौं,’ अध्यक्ष चौलागाईंले भने । नेपाली सयपत्री फूलमाला मात्रै प्रयोग गर्न पनि उनले अनुरोध गरे ।