२०८१ कार्तिक १०, शनिवार , ०७:३९:१९ बजे

Sajhamanch
'

‘व्यवसायिक राहत कोष’मा भट्टराईद्वारा २१ हजार हस्तान्तरण

शनिवार, कार्तिक १०, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक राहत कोष’मा ओमप्रकाश भट्टराईले कोष बृद्धिका लागि सहयेग गरेका छन् ।

आज आफ्नो जन्म दिनको अवसर पारेर भट्टराईले २१ हजार रुपैयाँ सहयोग गरेका हुन् । भट्टराई नेपाल पे्रस युनियन झापाका कोषाध्यक्ष हुन् ।

सगुन होम प्याराडाइज इन्टरनेशनलका प्रबन्ध निर्देशकसमेत रहेका उनले संघका अध्यक्ष राजु न्यौपानेलाई सहयोग रकम प्रदान गरेका थिए । संघले स्थापना गरेको कोषमा कोष बृद्धिमा सहयोग पुर्याएको भन्दै भट्टराईलाई कदरपत्रद्वारा सम्मानसमेत गरिएको छ ।

संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर