२०८१ कार्तिक १०, शनिवार , ०९:३०:४७ बजे

Sajhamanch
'

आयोजक क्लब र मानेभन्ज्याङ फुटबल क्लब फाइनलमा आमनेसामने

बिहिवार, कार्तिक ८, २०८१

मेचीनगर । झापाको धुलाबारीमा जारी रहेको अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा मानेभन्जयाङ फुटबल क्लब प्रवेश गरेको छ ।

बिहीबार रेडहर्स क्लब इलामसँग भएको अन्तिम सेमिफाइनलमा टाइब्रेकरमा ४–३ गोल अन्तरको जित निकाल्दैे मानेभन्जयाङले फाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समयमा १–१ को बराबरीमा खेल सकिएपछि निर्णयका लागि खेललाई सोझै टाइब्रेकरमा लगिएको थियो । जितका लागि मानेभन्जयाङका पियुस श्रेष्ठ, बालकुमार राई, रोमन भुजेल र श्याम मुर्मुले गोल गरेका थिए ।

यता रेडहर्सका तर्फबाट आयुष तिम्सिना, विवेक मगर र सन्तोष कार्कीले गोल गरेका थिए भने सन्जय श्रेष्ठ र विवेक सुनामको प्रहार पोष्टको दिशा दिन नसकेपछि फाइनल पुग्ने सपना अधुरो रहको थियो ।

खेलको प्लेयर अफ द म्याच मानेभन्जयाङका पियुस ठकुरी घोषित भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

उनलाई एन्फाका पूर्व केन्द्रीय सदस्य महेन्द्र लिम्बू, मेचीनगर १ का वडा अध्यक्ष रामकुमार राई, खेलप्रेमी सन्जय शर्मा, क्लबका अध्यक्ष नोभेम्बर विक्रम नेम्बाङ लगायतले नगद तथा ट्रफी प्रदान गरे ।

आज नै राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठलाई सम्मान पनि गरिएको थियो ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते शनिबार हुनेछ । फाइनल खेलमा आयोजक रोलिङ क्लब र मानेभन्ज्याङ फुटबल क्लब दार्जीलिङबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने अध्यक्ष नोबेम्बर विक्रम नेम्वाङले बताए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् ।

सम्बन्धित खबर