२०८१ कार्तिक ६, मङ्गलवार , ०१:१६:५८ बजे

Sajhamanch
'

ताप्लेजुङको पाथीभराबाट अवैध मदिरा बोकेको सवारी साधन

मङ्गलवार, कार्तिक ६, २०८१

ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका-१ मेवाखा स्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार्तिक ५ गते बेलुका प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलामको फिक्कलबाट ताप्लेजुङ तर्फ जाँदै गरेको मे. १ च ४२१४ नम्वरको पिकअप गाडीमा अवैधरुपमा बोकेको ५० कार्टुन सिक्किमे मदिरा बरामद गरेको हो ।

वरामद भएको अवैध मदिरा, मदिरा ओसार पसारमा संलग्न बुद्धशान्ती गाउँपालिका-३ का महेन्द्र बर्देवा, सवारी साधन र चालक बुद्धशान्ती-३ का सनम राई समेतलाई आवश्यक कारवाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाईएको छ ।

मङ्गलवार, कार्तिक ६, २०८१ | अपराध, समाज

सम्बन्धित खबर