२०८१ कार्तिक ६, मङ्गलवार , ११:२८:३६ बजे

Sajhamanch
'

झापाको हल्दिबारीबाट १३ जना जुवाडे पक्राउ

मङ्गलवार, कार्तिक ६, २०८१

झापा । झापाको हल्दिबारी गाउँपालिकाबाट प्रहरीले १३ जना जुवाडे पक्राउ गरेको छ ।

हल्दिबारी–१ गोलधापबाट १३ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गोलधाप बजारस्थित गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।

पक्राउ पर्नेहरुमा हल्दिबारी– १ का ६३ वर्षीय यज्ञराज त्रिताल, सोही ठाउँका ४५ वर्षीय बीरबहादुर गुरुङ, ४२ वर्षीय रामनाथ साह, ६१ वर्षीय भानुभक्त नेपाली, ६२ वर्षीय अशोक राई, ६१ वर्षीय सरोज दाहाल, ३८ वर्षीय प्रकाश गिरी,बिर्तामोड– ५ का ५२ वर्षीय राजन चुडाल, भद्रपुर १० का ५५ वर्षीय राजेन्द्र तुलाधर , सोही ठाउँका ४३ वर्षीय माधव भट्टराई , ५८ वर्षीय रामबाबु राउत, भद्रपुर–७ का ४५ वर्षीय विशाल अधिकारी र भद्रपुर–८ का सुवास न्यौपाने रहेका छन् ।

उनीहरुको साथबाट नगद ८३ हजार २८५ ,कौडा १६ थान, तास ४६९ थान, खाल एक थान, काठको फ्रेम एक थान, स्क्रिन टच मोबाइल ११ र किप्याड दुई थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए । उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मङ्गलवार, कार्तिक ६, २०८१ | अपराध, जिल्ला समाचार, समाज

सम्बन्धित खबर