
झापा । झापाको बिर्तामोडमा रहेको कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको टमाटर खान अयोग्य रहेको जनाइएको छ ।
विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइ बिर्तामोडले बजारमा ल्याइएका टमाटरमा अत्यधिक विषादी भएको पुष्टि भएको छ । ती टमाटर इलामबाट आयात गरिएको हो ।
कृषि थोकका व्यवसायी मनिष शाहले आयात गरेको टमाटरमा ५६.८२१५ अर्गानो फस्फेट देखिएको प्रयोगशालाले जनाएको छ । विषादी परीक्षणमा ४५ भन्दा माथि अर्गानो फस्फेट देखिएमा डिस्पोज गर्ने गरिन्छ ।